समाचार

६ किलो गाँजासहित एक युवक पक्राउ



काठमाडौँ, २१ असार । मकवानपुरको भिमफेदी गाउँपालिका–१, बागझोराबाट गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङका ३६ वर्षीय कुमार सिङ गोले रहेको छ ।

त्रिभुवन राजपथको भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बा ९४ प ८०८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा ६ किलो ८२० ग्राम गाँजा बरामद गरेको थियो । हेटौंडा–१ चौकीटोलबाट खटिएको प्रहरी टोलीले बाघझोरामा मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।