समाचार

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध



काठमाडौँ, २१ असार । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो । 

जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ : २० बजे पहिरो गएको प्रहरीले जनाएको छ । 

सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।