काठमाडौँ, २१ असार । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकहरू लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने बताए ।
उनले भने, ‘९ बजे होटल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेसल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने ? त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको बिक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठुलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्