काठमाडौँ, २१ असार । भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का २४ वर्षीय तिलक घिसिङ छन् ।
शुक्रबार साँझ पक्राउ परेका उनलाई २३ वर्षीया एक युवतीको बलात्कार गरेको आरोप छ । यही असार ४ गते चाँगुनारायण नगरपालिका–७, वागेश्वरीमा तिलकले बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको नक्सालमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्