समाचार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



काठमाडौँ, २१ असार । नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-१ झरहीखोलास्थित सडकमा लु.२ ख ६५४ नम्बरको बसले लु.४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ ।

आज दिउँसो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।