चितवन, २२ असार । ढकनी फुटेर सेप्टिक ट्याङ्कीमा खस्दा भरतपुर महानगरपालिका-९ शरदपुरकाे शरदकृष्ण टाेलको एकजना महिलाकाे मृत्यु भएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार घर आडकाे सिमेन्टकाे रिङले बनाएकाे सेप्टिक ट्याङ्कीकाे ढक्कन फुटेर खसेकी ६४ वर्षकी राधिका विकको मृत्यु भएकाे हाे ।
छाेरीले देखेपछि उनकाे उद्धार गरी भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा राति साढे ८ बजे उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्