मनोरञ्जन

‘क्यापिटल क्विन नेपाल-२०२५’को ताज करुणालाई



काठमाडौँ, २२ असार । राजधानी निवास महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’को ताज करुण भुजेल श्रेष्ठले जितेकी छन् ।

आज ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी हुन् । 

योसँगै उनले ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ को लागि लन्डनमा हुने कार्यक्रममा सहभागी अवसर प्राप्त गरेकी छन् । त्यसैगरी, फस्ट रनरअपमा अनिता लामा तथा सीता राई सेकेन्ड अनरअप हुन सफल भएका छन्। हिमालय मुभिजद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको नवौँ संस्करण हो ।

कार्यक्रममा विविध पेसामा आबद्ध दर्जन बढी प्रतियोगीहरूको सहभागिता रहेको थियो। जसमा प्रतियोगीहरूले करिब तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, फोटोसुट, भिडियोसुट लगायतका विषयहरूमा सरिक भइ तालिम लिएका थिए ।