अर्थ

प्याजको भाउ घट्यो



काठमाडौँ, २२ असार । आज बजारमा सुकेको प्याजको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको भाउ घटेको हो । आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिबार प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार  भएको प्याज शुक्रबार प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रूपैयाँमा कारोबार भएको  थियो ।

एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४७ देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा प्याजको भाउ प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म घटेको छ ।

१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो