अर्थ

५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल



काठमाडौँ, २२ असार । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे ।

राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरु क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए । मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेकाे उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।

अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेकोले आगामी मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गरिने उनले बताए ।