काठमाडौँ, २२ असार । दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयसमेतको कमाण्डमा खटिएको टोलीले बाघको छालाको विक्री हुन लागेको फेला पारेको थियो । त्यसक्रममा आज बिहान मध्यराति विक्रम बुढामगरको घरमा प्रहरीले छापा मारेको थिाये । घरमा प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाई भएको पाटे बाघको छाला फेला पारिएको हो ।
प्रतिक्रिया दिनुहोस्