काठमाडौँ, २२ असार । सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा मदनपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको हो ।
परालको भुस लोड भएको ट्रकमा शंका लागेर जाँच गर्दा १५ मूल्य बराबरको १० क्वीन्टल काजु फेला परेको प्रहरीले जनाएको छ । ट्रकसँगै प्रहरीले सर्लाहीको बरहथवा नगरपलिका– १३ बसवरीया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशीलाई नियन्त्रण अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्