काठमाडौँ, २३ असार । चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली गएराति स्वदेश फर्किएको छ ।
नेपाली टोली ट्रफी लिएर राति फर्किएको हो । अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्