समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



पाल्पा, १५ असोज । कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–रामपुर सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

रामपुर नगरपालिका–८, जरुवापानीमा मोटरसाइकलको ठक्करबाट पुरुषको मृत्यु भएको हो । ८ वर्षदेखि जरुवापानी क्षेत्रमा सार्वजनिक स्थलमा बस्दै आएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । नाम, ठेगाना खुल्न नसकेको स्थानीयले बताए ।

रम्भा गाउँपालिका हुँगीबाट बेझाँड बजारतर्फ आउँदै गरेको लु ३१ प ४८६४ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई प्रहरीले उद्धार गरी रामपुर अस्पताल लगेको थियो । उनको उपचारको क्रममा बिहान निधन भएको हो ।