काठमाडौँ, २० असोज । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि प्रचण्डले माओवादी घोषित मितिमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए ।
उनले निर्वाचनमा सहभागी हुनेबारे अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको बताए ।
उनले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ,” ।










प्रतिक्रिया दिनुहोस्