भक्तपुर, २५ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुनेछ । पार्टीको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय भएको छ ।
सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिङ्गो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको उपमहासचिव ज्ञवालीको भनाइ थियो ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए ।
बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्