काठमाडौँ, २६ असोज । प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको कमल गाउँपालिकाबाट गोली बरामद गरिएको हो ।
सो गोली जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले प्रहरीबाट लुटेको थाहा भएको छ । आज प्रहरीले दमकबाट एउटा (३०३) राइफल पनि बरामद गरेको छ । सो राइफल इलाका प्रहरी कार्यालय दमकबाट प्रदर्शनकारीले लुटेको हो ।










प्रतिक्रिया दिनुहोस्