अर्थ

ललितपुरमा गोदावरी फूल प्रदर्शनी हुने



काठमाडौँ, २६ असोज । ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ ।

असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो ।

आज फ्लोरिकल्चर एसोसिएसन नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ ।