अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ असोज । आज बजारमा सुनको चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।