समाचार

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक



काठमाडौँ, २९ असोज । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ ।

२६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको छ ।

ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको उनले बताए ।