अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।