उपमेयर डंगोलद्वारा उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह

काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह गरेकी छन् । आज नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् ।  काठमाडौँको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद…