प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

भक्तपुर, ७ पौष । भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । आइतबार बिहान चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सिन्धुली घर भई हाल भक्तपुर व्यासी बस्ने नविन कुमार खत्रीलाई पक्राऊ गरेको भक्तपुर प्रहरीले जनाएको छ । उक्त स्थानमा सल्लाघारीबाट दुवाकोटतर्फ जाँदै गरेको बा…