जिप दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

बैतडी, ३ पौष । बैतडीमा जिप दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान पुर्चौडी नगरपालिका-६ सनगाँउमा ज ३२९ नं को जिप पल्टीदा डोटी घर भई हाल पुरघाट प्रहरी चौकी पुर्चौडीमा कार्यरत प्रहरी जवान सुदिप क्षेष्ठको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।