काठमाडौँ, ५ मंसिर । यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार गरेको छ । आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सीसमेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो । मापदण्ड तयार भइरहेकाले शुक्रबारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ…