सिन्धुली, २४ असार । सिन्धुलीमा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेर अन्य ३ जना घाइते भएका छन् । उनीहरुको सोही गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको…