काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताए । उनले भने,…