कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् ।  राष्ट्रपति पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर…