काठमाडौं,१० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङबीच भेटवार्ता भएको छ । आजै तीनदिने औपचारीक भ्रमणका लागि नेपालमा आइपुगेका रक्षामन्त्री चाङ प्रधानमन्त्री दाहालसँग भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्रीको चीन भ्रमण, दुइदेशबीच गतवर्ष भएका सम्झौता, नेपालको पछिल्लो राजनीतिक अवस्था र आपसी हितका विषयमा कुराकानी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ…