निर्वाचित जनप्रतिनिधिलाई बजेटबारे प्रशिक्षण

काठमाडौँ, १४ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएका ३४ जिल्लाका निर्वाचित जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत वा प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई बजेट निर्माण तथा कार्यान्वयनबारे प्रशिक्षण दिएको छ । सरकारले मुलुकको नयाँ संरचनानुसार बजेट विनियोजन गरेपछि त्यसैका आधारमा स्थानीय तहमा पनि बजेट निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले…