आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो

काठमाडौँ, १८ चैत । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको ।