अर्थतन्त्र उकास्न र निजी लगानी बढाउन अध्यादेशमार्फत कानुन सुधार्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्त अर्थतन्त्रलाई लयमा फर्काउन र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न अध्यादेशमार्फत सरकारले कानुन सुधार गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले १२ वटा कानुन अध्यादेशमार्फत सुधार गर्ने घोषणा गरेका हुन् । आगामी लगानी सम्मेलनको सन्दर्भमा आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि…