काठमाडौं, २२ वैशाख । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनसँगै नेकपा (एमाले)बाट गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका श्यामकृष्ण सिलवाल चर्चाको शिखरमा छन् । उनले निर्वाचन नजिकिएसँगै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू मेयरमा निर्वाचित भएको खण्डमा नगरपालिकालाई कस्तो बनाउने भनेर डेढ दर्जन भन्दा बढी योजना ल्याएका छन् । सिलवालले नगरपालिका शान्त, संवृद्ध…