Banner News

५५३ जनामा कोरोना संक्रमण, ४३३ जना डिस्चार्ज



काठमाडौँ, २२ साउन । थप ५५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार १ सय २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४३३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७२ हजार ४९७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६९ जना रहेको मन्त्रालयले जनाएको छ ।