विश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



एजेन्सी, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै र्या लीमा रहेका उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर उनी घाइते भएका छन् ।घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।