विश्व

टर्कीमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु



एजेन्सी, २८ कार्तिक । टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका छन । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ । इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ ।