Banner News

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु



काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ ।

यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

अहिले सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् ।