Banner News

बेलौरी नपामा माओवादी केन्द्र विजयी



भीमदत्तनगर, २२ असार । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र ले विजय हासिल गरेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गरे।

उपप्रमुखमा भने एमालेका चित्रा चौधरी विजयी भएकी छन् । उपप्रमुखमा चौधरीले ६ हजार ७४८ पायन् भने उन्का प्रतिद्वन्द्वी माओवादी केन्द्रका राधा कँडेलले ६ हजार १६१ मत प्राप्त गरिन् ।

त्यसैगरी, नेकाका प्रमुख पदका उम्मेवार हरेन्द्र विष्टले पाँच हजार ४१२ र नेकाकै उपप्रमुखका उम्मेदवार खिना भण्डारीले पाँच हजार ६२७ मत प्राप्त गरेको बेलौरी नगरपालिका निर्वाचनको कार्यालयले जनाएको छ । नेकाको पकड क्षेत्र मानिएको बेलौरी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा भने नेपाली काँग्र्रेस तेस्रो स्थानमा झरेको छ ।