काठमाडौँ, २२ असोज । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितलाई जेनजी परिवर्तनद्वारा राहत वितरण तथा उद्धारका कार्यमा सक्रिय भएकोे छ । सेवा नै धर्म हो भन्ने भावनाका साथ उक्त संस्थाले मानव जीवनको रक्षाका लागि विशेष सहयोगी भूमिका निर्वाह गरेको छ । जहाँ समस्या, त्यहाँ जेनजी परिवर्तन भन्ने मान्यतालाई आत्मसात् गर्दै दुःखको सारथीको रुपमा अगाडी बढेको छ ।
मंगलवार जेनजी परिवर्तनद्वारा इलामको वडा नं. १२ का तीन ठाउँमा राहत वितरण गरेको हो । इलाम नगरपालिकाको बालन गाउँ, घोस गाउँ तथा राजदुवालीका ४८ परिवारलाई राहत वितरण गरेको छ । जहाँ दैनिक जीवनमा आवश्यक पर्ने खाद्य सामग्रीहरु वितरण गरेको हो । बालन गाउँमा ५, घोसगाउँमा ५ तथा राजदुवालीमा ४० परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
उक्त संस्थाले वासस्थान नभएका पीडितलाई वासस्थानको व्यवस्थापन गरिदिएको छ भने अवरुद्ध सडकहरु खुलाउन स्वयसेवकीय भूमिका निर्वाह गरिरहेको छ । हाल उक्त संस्थाका ५० जना सदस्यहरु राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको परिवर्तन जेजनी जिल्ला इन्चार्ज सूर्यकुमार राईले जानकारी दिएका छन् ।
असोज १७ गतेदेखी २० गतेसम्म वर्षाका आएको बाढीपहिरोका कारण जिल्लाको विभिन्न ठाउँहरुमा ३९ जना मृत्युको भएको छ भने सयौं परिवार विस्थापित भएका छन् । त्यस्तै बाढीपहिरोका कारण दर्जनौं मानिस घाइते भएका छन् । इलाममा ४० वर्षयताकै अधिक वर्षा मापन भई ठूलो क्षति भएको छ ।










प्रतिक्रिया दिनुहोस्