Banner News

हेक्का रहोस्, क्रान्तिपछि बनेको सरकार हो : गृहमन्त्री अर्याल



काठमाडौँ, २९ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् ।

आज गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए ।

उनले भने, ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरित सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनले बताए ।

उनले भने, ‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरु काममा पनि लगाउनुभएको थियो,’ ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

सुशासनको मामलामा के के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’