काठमाडौँ, १९ कार्तिक । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रले महाधिवेशनको संकट टार्न र आफ्नो पार्टीका अध्यक्षले भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी चलाउन नसकेर एकीकरणको निर्णयमा पुगेको दावी गरेका छन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका विभिन्न ९ दलबीच आज हुने भनिएको एकता घोषणासभा अघि पत्रकार सम्मेलन गर्दै उनले ओरालो लाग्दै गरेकाहरूबीचको एकताले पार्टीलाई उकालो लगाउन नसक्ने बताए।
उनले भने, ‘नेकपा माओवादी केन्द्रमा मंसिरभित्र महाधिवेशन गर्नुपर्ने, अहिले त्यसलाई टार्नु पर्ने अनि हाम्रा अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी चलाउन नसक्ने बाध्यताको कारण एकाएक एकता गर्न लागिएको आशंका छ,’ ‘यसखालको संकटहरूलाई थुपारेर संकटमोचन गर्ने फर्मुला गलत छ ।’










प्रतिक्रिया दिनुहोस्