काठमाडाैँ, १९ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो । आज कारोबार रकम घटेको छ । आज ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १४९ कम्पनीको सेयरमूल्य बढेको छ । ९० कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।










प्रतिक्रिया दिनुहोस्