काठमाडौँ, २१ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हिसाबले ठिक नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आइतबार आयोजित १६औँ वार्षिक साधारण सभामा उनले विधि ठिक भएन भने सुधार गर्न सकिने भएपनि सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने अर्थमन्त्रीको भनाइ थियो ।
उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ । यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्