राजनीति

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा



रुकुम पश्चिम, २१ मंसिर । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् । उनले आफ्नै जिल्लामा विरोधको सामना गर्नुपरेको छ ।