राजनीति

मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने



जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।

यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् ।