काठमाडौँ, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार बन्न २५ हजार शुल्क तोकेको छ ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ तोकिएका कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्नेछ ।
उम्मेदवार छनोट रूपरेखाबमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ। उम्मेदवारी आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिन सकिनेछ।










प्रतिक्रिया दिनुहोस्