भदौ ४, म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–१० स्थित दीपक माविलाई तीन लाख सहयोग रकम जुटेको छ ।
अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले सो रकम सहयोग गरेका हुन् ।
सोहि परिवारका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरेका छन् भने ३० हजार बराबरको शैक्षिक सामग्री समेत वितरण गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्