शैक्षिक

विद्यार्थी बेहोस हुदा विद्यालय बन्द



भदौ ७, रुकुम । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका – ९ नुवाकोटस्थित हिमालय जनता माविको विद्यार्थीमा अनौठो लक्षण देखिएपछि बिधालय बन्द गरिएको छ ।

कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका जनाएको छ  ।

अहिलेसम्म १२/१५ जना छात्रामा यस्तो समस्या देखिएको र  नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पीडित भैरहेको विद्यालयले जनाएको छ ।

छात्राहरुमा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर टपेन्द्र कोइराला र अहेव इश्वर रावललाई विद्यालयमा पठाइएको छ ।