असोज २६, बारा । बाराको बारागढी गाउँपालिका १ जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत २५ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयमा रहेका गरिब, दलित तथा जेहन्दार छात्रालाई साइकल वितरण गरिएको हो ।
प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन छात्राहरुलाई साइकल वितरण गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्