शैक्षिक

भारतको सहयोगमा ३ वटा शैक्षिक संस्था निर्माण



काठमाडौं, २ मंसिर। भारत दूतावासको आर्थिक एवम् जिल्ला समन्वय समिति कास्कीको प्राविधिक सहयोगमा कास्की जिल्लामा ३ वटा शैक्षिक संस्थाको भवन निर्माण गरिएको छ ।

भारत सरकारको १२ करोड ६७ लाख नेपाली रुपैयाँ  ३ वटा क्याम्पसको भवन निर्माणका लागी सहयोग गरेको हो ।

कास्की जिल्लाको लेखनाथ नगरपालिकाको सरस्वती टिका उच्च मावि, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भारत सहयोगमा भवन निर्माण भएको छ ।

सरस्वती टिका उमाविको भवन निर्माणका गर्नका लागि भारतले ३ करोड ७१ लाख, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका लागि ४ करोड ८४ लाख र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ४ करोड १२ रुपैयाँ सहयोग गरेको थियो ।