काठमाडौं, ९ मंसिर । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा ९५ सय विद्यार्थी दीक्षित हुने भएको छ ।
पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १ हजार २ सय २३ बढेको छ ।
यसवर्ष दीक्षान्त समारोहमा ९ हजार ४ सय ९५ विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविका अनुसार गत वर्ष ८ हजार २ सय ६९ विद्यार्थी दीक्षित भएका थिए ।
त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले यसवर्ष अनलाइन फारमबाट निवेदन दिन पाइने भएकाले गत वर्षको तुलनामा विद्यार्थी संख्या बढेको बताए ।
यसैगरी स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका व्यवस्थापन संकायमा २ हजार ९ सय २०, इञ्जिनियरिङमा १ हजार २ सय १०, विज्ञानमा १ हजार १ सय ८२, मानविकीमा २ हजार ३८, चिकित्सामा ९ सय ६४, शिक्षामा ८ सय ९३, कानूनमा १ सय ५८, कृषिमा ९९ र वनमा २८ जना विद्यार्थी दीक्षित हुँदैछन् ।










प्रतिक्रिया दिनुहोस्